पाठशालाकाे समस्याहरु जीटीए प्रमुख कार्यपाल साथै सम्बन्धित विभागसम्म पुराईदिने सभासद श्याम शेर्पाको आश्वासन
खरसाङ: खरसाङको रामकृष्ण जुनियर स्कूलमा बुक डे पालन गरिएको छ। उक्त कार्यक्रममा 28 नम्बर समष्टि खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पा मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई पाठशालाकी प्रधान अध्यापिका आरती राईले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा विद्यार्थी नानीहरूलाई स्कूलकाे डाईरी र किताबहरु मुख्य अतिथिकाे रुपमा उपस्थित सभासद श्याम शेर्पाको बाहुलीबाट वितरण गरियो। कार्यक्रमपछि सभासद श्याम शेर्पाले पाठशालाकाे निरीक्षण पनि गरेका थिए। यसको साथै पाठशालाकाे सबै शिक्षिकाहरु र प्रधान अध्यापिकासित बातचीत गरेर पाठशालाको समस्याहरु विषयमा जानकारी लिएका थिए। उनले पाठशालाकाे समस्याहरु जीटीए प्रमुख कार्यपाल साथै सम्बन्धित विभागसम्म पुराईदिने आश्वासन दिएका छन्।

आज जीटीए क्षेत्रभरि नै बिक डे पालन गरिएको छ। सभासद श्याम शेर्पाले पाठशालाकाे नानीहरूलाई पनि सानो सम्बोधन गरेका थिए साथै नानीहरूलाई राम्रो पढने र नबुझेकाे खण्डमा बारम्बार गुरुमाहरुलाई सोध्ने पनि सुझावहरु दिएका थिए। कार्यक्रममा नानीहरूकाे अभिभावकहरु पनि उपस्थित रहेका थिए।









