खरसाङ: खरसाङको वार्ड नम्बर १ र ६ को डा अम्बेडकर गाउँ
शिवमन्दिर पाखामा छठ पूजा कमिटीद्वारा प्रत्येक वर्ष झैं यस वर्ष पनि छठ पूजा सम्पन्न भयाे। दीपावलीदेखि छ दिनमा सम्पन्न हुने छठ पूजाकोे प्रथम दिन शुक्रवार नहा खाएसंगै आफ्नाे छोरा छोरी परिवारकोे दिर्घायु, सुस्वास्थ्यकोे कामनासंगै तीन दिन ७२ घण्टाकोे निर्जला उपवास शुरू भएकोे थियो भने दोस्रो दिन शनिबार खर्ना अनि आईतवारकाे दिन वेलुकी अस्ताउँदै गरेकाे सूर्यलाई सन्ध्या अर्घ चढाएपछि सोमबारकाे दिन उदाउँदै गरेकाे सूर्यलाई बॉसद्वारा बनाईएको सुपमा यथाशक्ति फल फूल पान हाथमा उठाएर दोस्रो अर्घ पूर्ण आस्था अनि अटुट विश्वाससंगै अर्पण गरियो। डा अम्बेडकर गाउँमा सम्पन्न हुने छठ पूजा घाट खरसाङ शहरमा ठूलो अनि सुन्दर घाट भएको कारण छठ पूजा कमिटीद्वारा प्रत्येक वर्ष नै यस घाटलाई व्यवस्थित प्रकारले उपासकहरुको सुविधा अनि स्वच्छतालाई ध्यानमा राखेर सजाउने गरिन्छ। जसलाई हेर्न छठ पूजामा आस्था राख्ने सम्पूर्ण भक्तजन आउने गर्छन् भने यस वर्ष कमिटीका अध्यक्ष विजय राउत, सचिव भरत राउत अनि कोषाध्यक्ष राज राउत अनि वरिष्ठ सलाहकार रामा राउतले हेर्न आउने जनमानसकाे निम्ति बस्ने व्यवस्था पनि गराएका थिए। डा० अम्बेडकर गाउँ ग्राम सुधार समिति तथा हरिजन कल्याण समितिका सचिव संजय राउतले सम्पूर्ण खरसाङवासीलाई छठ पूजाकोे शुभकामना दिएका छन्। यसको साथै सम्पूर्ण छठ पूजा कमिटीकोे तर्फबाट क्षेत्रीय प्रशासनद्वारा डा० अम्बेडकर गाउँमा सम्पन्न छठ घाट सजाउनकाे निम्ति बत्ति उपलब्ध गराइदिएकोमा धन्यवाद दिएका छन्। यसको साथै खरसाङ पुलिस प्रशासनद्वारा पूजा सुरक्षित अनि शान्ती पूर्ण सम्पन्न सुरक्षा व्यवस्था गरिदिनु भएको मा धन्यवाद दिए भने उपस्थित सम्पूर्ण पुलिस विभागका अधिकारी अनि कर्मचारीहरूलाई खदा लाएर धन्यवाद दिएका छन्।





