सिलगढी: मङ्गलबारमतिगड़ा खण्डअन्तर्गत खप्रेलको शान्तिनगरमा स्थापनाको पहिलो वर्षगाँठको अवसरमा खप्रेल प्रगति संघको वार्षिक साधारण सभा एवं वार्षिक उत्सव पालन गरियो। उक्त कार्यक्रममा सैनिकपुरी ग्राम सेवा समितिका अध्यक्ष बी एल सुब्बा, पत्थरघट्टा ग्राम पञ्चायत सदस्यद्वय मुकेश साह र श्रीमती दोजी लेप्चा छेत्री र श्रीमती पिङकी सुत्रधर (स्थानीय बीएलओ) अतिथिको रूपमा उपस्थित थिए। उपस्थित अतिथिहरूले समाजमा संघ-संस्थाको दायित्व र महत्वमाथि प्रकाश पार्दै उत्साहवर्द्धक वक्तव्य दिए। कार्यक्रमको मध्यान्तरमा उपस्थित अतिथिगण र सदस्यहरू मिलेर प्रतिष्ठा दिवसको केक काटेर एकार्कालाई बधाई दिए। वास्र्हिक सभाको दोस्रो सत्रमा मनोनीत चुनाव अधिकारी बी एल सुब्बाको देखरेखमा पुरानो कमिटी भङ्ग गरी दुइ वर्षको निम्ति नया कार्यकारिणी समिति गठन गरियो।
उक्त कमिटीमा पाल्चेन दोर्जी लामा (सभापति), सुरेश सुब्बा र एस के रहपाल (उप-सभापति), कुमार छेत्री (मूल-सचिव), श्रीमती सजिता थापा (संयुक्त सचिव), श्रीमती सुमित्रा सुब्बा (सह-सचिव) श्रीमती अनिला प्रधान (कोषाध्यक्षा), श्रीमती मेरिना युदेवी बुढा र श्रीमती दीपा तामाङ (सह-कोषाध्यक्षा) लगायत सातजना कार्यकारी सदस्यहरू चयन भएका छन्। अन्तमा सचिव कुमार छेत्रीको धन्यवाद ज्ञापनपछि कार्यक्रम समापन गरियो।










