दार्जिलिङ: क्रामाकपा घूम शाखाको पाँचौ सम्मेलन कमरेड सुष्मा लामाको अध्यक्षतामा सम्पन्न भएको छ। सम्मेलनको प्रथम चरणमा पार्टीको कार्यकारी अध्यक्ष बीएम राईको बाहुलीबाट पार्टीको झण्डा उत्तोलन गरिएको छ। अध्यक्ष सुष्मा लामाको बाहुलीबाट शहीद वेदीमा दीप प्रज्वलन गरेर वेदीमा उपस्थित सबै अतिथि अनि शाखाका सदस्यहरूले फूलमाला र खदा चडाएर शहीदहरूको सम्झना गर्दै नारा लगाए साथै नेपाली संगीत जगतका प्रगतिशील जनवादी र लोक संगीतका लोकप्रिय वरिष्ठ व्यक्तित्व अशोक राईको निधनमा गहिरो शोक व्यक्त गर्दै दुई मिनट मौन धारण गरिएको थियो। सम्मेलनमा जोनल सचिव राजु मोक्तानले स्वागत वक्तव्य राखेपछि शाखा सचिव संजय घिसिङले आफ्नो छोटो प्रतिवेदन राखेका थिए जुन प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्था पार्टीको सांगठनिक अवस्था अनि जनताको मनोस्थितिलाई समावेश गरेका थिए। सम्मेलनको विशेष कार्यक्रम शाखामा कुनै कमरेड बितेर जाने अनि पार्टी र जनताप्रति समर्पित भई खट्ने कमरेडहरूलाई सम्मान र समवेदना पत्र दिने परम्परालाई यथावत राख्दै कमरेड निमालमु डुक्पा चिर- सझंना गर्दै समवेदना पत्र अनि अर्का वीर समर्पित नारी कमरेड किरूमाया शेर्पा (तामाङ)लाई उनको प्रशंसा स्वरूप कमरेड चन्द्र डुक्पा र वरिष्ठ नेता तथा कार्यकारी अध्यक्ष बीएम राईको हातबाट दोसाल्ला र अभिनन्दन पत्र प्रदान गरियो। सम्मेलनमा मूल चारवटा प्रस्ताव ग्रहण गरियो जसमा गोर्खाहरूको दीर्घकालीन मांगप्रति सरकारको आनाकानी र छलछाम होइन। गोर्खाहरूको गोर्खाल्याण्डको समस्यालाई यथाशीघ्र पुरा गर्नुपर्छ, चियाकमान र सिंकोना बगान बासीहरूको युगौंदेखि उनीहरूको अधीनमा भएको जग्गा जमिनको पर्जा पट्टा यथाशीघ्र दिनुपर्छ, चिया उद्योग र यस उद्योगसँग गाँसिएका कर्मचारी र श्रमिकहरूको मिनिमम वेज झट्ट लागु गरिनुपर्छ र राज्यमा सत्ता परिवर्तन हुन साथ पञ्चायत मन्त्रीले ग्राम पञ्चायतका प्रधानहरूको विशेष अधिकारलाई सरकारी कार्यकारी अधिकारीलाई दिने जुन पहल हुँदैछ त्योबसरकारको क्षमता केन्द्रीकरण गर्ने र ग्रामीण क्षेत्रको अधिकारलाई पूर्णरूपमा नियन्त्रणमा राख्न यो ग्रामवासीको गणतन्त्रको हत्या हो र योमाथि पूनर्विचार गरियोस् भनी सरकारलाई आह्वान् गरेका छन्।

सम्मेलनमा अभिनन्दन वक्तव्य राख्ने क्रममा प्रमुख वक्ताहरू कार्यकारी अध्यक्ष बीएम राई, महासचिव नर्वु लामा, केन्द्रीय सदस्य बले डुक्पा, सगठन प्रभारी शेखर छेत्री, केन्द्रीय सदस्य उद्धव खनाल आदि रहेका थिए। वक्ताहरु सबैले क्रामाकपाले आज पर्यन्त जातीय मुद्दा र आन्दोलनलाई कुनै सम्झौताबिना लगातार रूपमा संघर्षरत् छन् तथापि हिजो मात्र उत्पति भएका केही तथाकथित जाति र गोर्खाल्याण्ड हिमायतीहरूले क्रामाकपाको संघर्षलाई अन्देखा गर्ने शक्तिसँग सम्वाद तर्क राख्नु आजको आवश्यकता हो। सभाध्यक्ष कमरेड सुषमा लामाले वक्तव्य राख्दै धन्यवाद ज्ञापन गरेका छन्।










