कोविड़ सिक्किम: कोरोनाको एउटा नयाँ मामिला

गान्तोक: सिक्किममा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। धेरै दिनदेखि कोरोनाको नयाँ मामिला फाटाक-फुटुक मात्र देखापरिरहेको छ। अाज राज्यमा कोरोनाकाे एउटा नयाँ मामिला अघि आएको छ।

राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्ट अनुसार हिजो ६० जनाको कोरोना जाँच गरेकाे मा, गान्तोकबाट १ जनामा संक्रमण पुष्टि भएको छ। हाल राज्यमा कोरोनाकाे सक्रिय मामिलाको संख्या १ रहेको छ भने राज्यको कोरोना दैनिक संक्रमण दर १.६ प्रतिशत दर्ता गरिएको छ।

अहिलेसम्म राज्यमा ४३,०३८ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,२२२ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ। 

About Author

Advertisement