नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५५२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,८७,८९१ पुगेकाे छ। विगत २४ घण्टामा केरलाबाट मिलाइएको ३ जना समावेश गरी कुल ६ जनाकाे मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८४९ पुगेको छ। यसरी नै यस अवधिमा १,०५९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,४९,४५१ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या कमेर ६,५९१ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,०९,६९५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,९६,९९,८६४ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ४६८ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,९८,६०० जनाले यो खोप लगाइसकेको छन्।










