नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २,७८६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,२१,३१९ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ १२ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२८,८४७ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा २,५५७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४०,६५,९६३ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,७६℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज २६,५०९ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी २,५७,९६५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८९,७८,७७,५३६ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ५,६९,७०९ जनाले कोरोना खोप लगाउनको साथ कुल २,१९,१५,३९,२८१ जनाले यो खोप लगाइसकेको छन्।










