कोविड़ भारत: कोरोनाको १,८३९ नयाँ मामिला, ११ जनाको मृत्यु

IMG-20230316-WA0251.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,८३९ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,७१,४६९ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले कुल ११ जनाकाे मृत्युसँगै हालसम्म मृत्यु हुनेको संख्या ५,३१,६९२ पुगेको छ। यसरी नै यस अवधिमा ९,०४९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,१४,५९९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७६% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या कमेर २५,१७८ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता २.४९ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता २.१७ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ७३,७०६ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,७७,६५,०६६ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ४३९ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,७९,७३५ जनाले यो खोप लगाइसकेको छन्।

About Author

Advertisement