कोविड़ बङ्गाल: आज कोरोनाको ९११ नयाँ मामिला, २,०४१ जना भए कोरोनामुक्त, ४ जनाको मृत्यु

IMG_20220719_140634.jpg

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ९११ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले ४ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा २,०४१ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २०,९६,१२१ जना कोरोनाले संक्रामित भएको छन् भने २०,६३,६२१ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,३८० जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा १३,३०७ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,०२०,९२१ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.४५℅ र सकारात्मक दर ६.८५℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,३७३,२५१ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

Advertisement