कालचिनी: स्वाधीनता ७५औँ वर्षगाँठ अर्थात देशभरि अमृत महोत्सव चलिरहेको क्रममा आरपीएफ द्वारा विभिन्न कार्यक्रमहरु सम्पन्न हुँदै आइरहेको छ। आज यस क्रममा अलिपुरद्वार जंक्सन एपीडीजे आरपीएफको आयोजनामा अलिपुरद्वार जंक्सन हाइस्कूलमा स्वतन्त्र सेनानीको शहीद परिवारहरुलाई सम्मानको कार्यक्रम राखियो। उक्त अवसरमा अलिपुरद्वार, जलपाईगढी, कोचबिहार र असमलगायत २१ जना स्वाधीनता सेनानीहरुका परिवारहरुलाई बोलाएर आरपीएफको पक्षबाट दोसल्ला पहिराएर सम्मान पत्र प्रदान गरियो। सो कार्यक्रममा अलिपुरद्वार डीआरएम दिलीप कुमार सिंहलगायत आरपीएफका एएससी डीके चौधरी आदिको विशेष उपस्थिति रहेको थियो।











