कालचिनी: मङ्गलबार डिमा नदी संलग्न जङ्गलमा गाई चराउन गएको गङ्गुटिया चियाबारी निवासी एकजना गोठालो हठात डिमा नदीको बहावमा डुबेर निखोज बनेको थियो भने उक्त गोठालो श्यामल खड़िया उमेर ५९ को शव गरम बस्ती संलग्न डिमा नदीको किनारबाट मंगलाबार साँझ पुलिसले उद्धार गरेको थियो। मृतक गोठालोको शवलाई आज पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको कालचिनी थाना स्रोतले जनाएका छन्।










