कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २५७ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैको मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ३,९२१ जनाको कोरोना परीक्षण गरेकोमा २५७ जनामा संक्रमण पुष्टि भएको छ। (१,४५८ जनाको आरटी-पीसीआर परीक्षणमा १४३ जना अनि २,४६३ जनाको एन्टीजेन परीक्षणमा ११४ जना गरी २५७ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट २३२ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ३,१४६ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.५℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४७,६८७ पुगेको छ भने १२,००० जनाको मृत्यु भएको छ। यसरी नै ९,८१,९७६ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१४,१०,१४१ रहेको छ।










