कोलाघाटमा स्वर्ण कारोबारीको गोली हानेर हत्या

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्ला अन्तर्गत कोलाघाट क्षेत्रको छह नम्बर राष्ट्रिय राजमार्गमा एक स्वर्ण कारोबारीको गोली हानेर हत्या गरिएको छ। घटना सोमवार रातिको बताइएको छ। पुलिसको भूमिकालाई लिएर रूष्ट स्थानीय मानिसहरूले घटनापछि तुरन्तै भारी संख्यामा एकत्र भएर सड़क जाम गरे औं प्रशासन विरूद्ध नारा लगाए। मर्ने कारोबारीको पहिचान ३७ वर्षीय समीर पड़ियाको रूपमा गरिएको छ। उसको दोकान जिंकड़ा बजारमा छ।

पुलिस सूत्रहरू अनुसार, घटनालाई अन्जाम दिएपछि आक्रमणकारी रूपियाँ भऱेको ब्याग लिएर भागे। कोलाघाट थाना क्षेत्रको देवल बाड़ क्षेत्रस्थित सविता राइस मिल नजिक उसलाई गोली हानियो। कारोबारीलाई टाउकोमा गोली हानियो। स्थानीय अस्पताल लैजान्दा चिकित्सकहरूले उसलाई मृत घोषित गरे। पुलिस घटनाको जाँचमा जुटेको छ। स्थानीय कारोबारीहरूमा यस घटनाले गर्दा रोष छ। पुलिसले छिटोभन्दा छिटो कारबाही गरिने आश्वासन दिएको छ, यसपछि मानिसहरूले विरोध प्रदर्शन समाप्त गरेका थिए।

-हिस

About Author

Advertisement