कोभिड़ भारत: कोरोनाको १३,२१६ नयाँ मामिला, २३ जनाको मृत्यु

Coronavuris-India-Travel-Ban-1.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १३,२१६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोविड सङ्क्रमितको संख्या बढ़ेर अब ४,३२,८३,७९३ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ २३ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२४,८४० जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ८,१४८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,२६,९०,८४५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.६३℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेरा ६८,१०८ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ४,८४,९२४ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८५,७३,९५,२७६ जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १४,९९,८२४ जनाले कोरोना खोप लगाउनको साथ कुल १,९६,००,४२,७६८ जनाले यो खोप लगाइसकेको छन्।

About Author

Advertisement