कोचबिहारको सागर दिघीमा लाश भेटिएपछि सनसनी

IMG-20240117-WA0203.jpg

कोचबिहार: कोचबिहारको सागर दिघीमा आज एक लाश भेटिएपछि सनसनी फैलिएको छ ।पुलिसका अनुसार यो लाश कोचबिहारको नटाबारी विधानसभा क्षेत्र अन्तर्गत बलरामपुर निवासी सञ्जीव कुमार डेको हो। कोचबिहारको सागर दिघीमा लाश भेटिएपछि सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ। सञ्जीवकुमार देव कामको सिलसिलामा कोचबिहारमा बस्ने गरेको मृतकका भाइ अमितकुमार देवले हिजो राति २ बजे ठूला भाइलाई फोन गरेको तर फोन स्वीच अफ भएकाले बोल्न नसकेको बताए। आज बिहान तुफानगञ्ज पुलिस थानामा उजुरी गरिएको छ। यसैबीच, खबर पाएपछि कोचबिहार शहरको सागर दिघी पुगें। स्थानिय मानिसहरुले कोचबिहार थानालाई खबर गरेपछि पुलिाले लाश बरामद गरी कोचबिहार एमजेएन मेडिकल कलेज अस्पतालमा पठाएको थियो। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ। तर, राति २ बजे सागर दिघीमा यो घटना कसरी भयो भन्नेमा परिवारका सदस्य भने निकै शंकास्पद छन्।

About Author

Advertisement