षान्ताेक: सिकिम सरकारले राज्यभरका किसानहरूका लागि कृषि ऋणलाई थप सुलभ र किफायती बनाउने उद्देश्यले ‘राज्य ब्याज अनुदान योजना’ (स्टेट इन्टरेस्ट सबभेन्सन स्किम) अघि बढाएको छ।
सहकारिता मन्त्री अरुण कुमार उप्रेतीले किसान क्रेडिट कार्ड (केसीसी) बाली कर्जाका लागि सहकारी ऋण ढाँचामार्फत यो ऐतिहासिक योजना सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्।
उक्त योजनाबारे प्रकाश पार्दै मन्त्री उप्रेतीले राज्यका किसानहरूलाई कृषि कार्यका लागि सहज ढङ्गले सहुलियतपूर्ण ऋण उपलब्ध गराउन यो कार्यक्रम कोशेढुङ्गा साबित हुने बताए। यस पहलले किसानहरूलाई वित्तीय सहायता पुर्याउनुका साथै राज्यको कृषि क्षेत्रलाई थप सशक्त बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ।









