खरसाङ: खरसाङ भाजपा कार्यालयमा एक प्रेस भेला गरेर गत विधानसभा चुनाउमा भारी मतले विजयी बनेपछि विजय उत्सव मनाउन केही विलम्ब भएको कारण जनता समक्ष पुग्न नसकिरहेको विषयलाई पार्टी प्रतिनिधिहरूले जानकारी गराएका छन्।उनीहरूले हाल पहाडका तीनैजना विधायकहरू कलकत्तामा विभिन्न बैठकहरूमा सहभागी बन्न परेको कारण जनता समक्ष पुग्न नसकेको जनाउँदै चाँडै विधायकहरू आएपछि पार्टीको अघिल्ला कार्यक्रमहरू गरिने जनाएका छन् साथै केन्द्रबाट दिएको जति पनि सहुलियतहरू छन् ती पनि चाँडै जनतासम्म पुराइने छ भनी बताएका छन्। विशेषगरी प्रधानमन्त्री अयुष्मान भारत जसबाट पाँच लाखको विमा, अन्नपूर्ण भण्डारमार्फत प्रत्येक महिना तीन हजार रुपियाँ पनि चाँडै लागु हुने कुराको जानकारी दिएका छन्। उनीहरूले सांसद राजु विष्टको पहलमा नगरपालिका चुनाउ पनि चाँडै हुने अनि यति वर्षसम्म टीएमसी सरकारको समयमा यति लामो समयसम्म नगरपालिका चुनाउ नगराएर जनतालाई आफ्नो हक र अधिकारबाट वञ्चित गराएको जनाउँदै संसद विष्टकै पहलमा नगरपालिकामा भारतीय जनता पार्टीको बोर्ड गठन भएपछि प्रत्येक घोटालाको कुना कुनाबाट खोजेर जनता समक्ष राख्ने प्रतिबद्धता जनाए। संसद राजु विष्टको दुरदर्शीता र सही निर्णयको कारण नै पहाड, तराई अनि डुवर्सको पाँचवटा आशनमा भाजपाले जीत हासिल गर्न सकेको दावी गर्दै सांसद विष्ट अनि जिल्ला अध्यक्ष सञ्जीव लामालाई बधाई अनि शुभकामना व्यक्त गरे साथै सरकारद्वारा दिइएको सम्पूर्ण सहुलियत कसैलाई नछुटाइ सबैलाई बराबरी दिने पनि जनाए। यस प्रेस भेलालाई राजेश गजमेर अनि पूर्व मण्डल सभापति निशान्त सुनारले सम्बोधन गरेका थिए भने भेलामा जिल्ला सदस्य राजेश गजमेर, बिकास लामा, सुमन राई, पूर्व युवा उपाध्यक्ष राकेश सिंह, विपन थापा , संगम थामी, जोसेफ अनि सुरज लामा उपस्थिति रहेका थिए।










