कुलगामः जम्मू-कश्मीरको कुलगाम जिल्लाको हलाण वन क्षेत्रमा शुक्रवार सॉंझ सुरक्षाबल र आतङ्कवादीहरूबिच भएको भिडन्तमा तीन जवानले आफ्नो सर्वाच्च बलिदान दिएका छन्। यसपछि आतङ्कवादीहरू भागेका छन्। सुरक्षाबलहरूले क्षेत्रका सबै मार्गहरू सील गरेर आतङ्कवादीहरूको खोजी तीव्र गरेका छन्।
पुलिसलाई शुक्रवार हलाण वन क्षेत्रमा आतङ्कवादीहरू उपस्थित रहेको सूचना प्राप्त भएको थियो। यसपछि, सेना, कुलगाम पुलिस र सीआरपीएफका जवानहरूले त्यहॉं छापा मारे। सुरक्षाबलहरू आइरहेको थाहा पाएपछि आतङ्कवादीहरूले गोलीबारी शुरू गरे। सुरक्षाबलहरूले पनि यसको कडा जवाफ दिए। यसावधि तीन जवान घाइते भए। उनीहरूलाई तत्काल अस्पताल पुऱ्याइयो। भिडन्त स्थलबाट आतङ्कवादीहरू भाग्न सफल भए।
सेनाका एक अधिकारीले शनिवार भने, भिडन्तमा घाइते भएका तीन जवानले उपचार अवधि वीरगति प्राप्त गरेका छन्। आतङ्कवादीहरू विरूद्ध खोजी अभियान जारी रहेको छ।
-हिस









