राजगञ्ज: वर्ल्ड चिल्ड्रेन क्याडेट एन्ड जुनियर किक बक्सिङ च्याम्पियनशिप जुन इटालीमा आयोजना भएको थियो। यस च्याम्पियनशीपमा भारतको तर्फबाट काँस्य पदक हत्याउन सफल प्रियङ्का रायलाई राजगञ्जका विधायक खगेश्वर रायले संवर्द्धना जनाएको छ। विधायक खगेश्वर राय, तृणमूल काङ्ग्रेस ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जी र बेलाकोवा पुलिस आउट पोस्टको ओसी बुद्धदेव घोष लगायत विभिन्न प्रतिनिधिहरूले राजगञ्जको प्रियङ्का रायलाई सम्मान जनाए। यसको साथै विधायक खगेश्वर रायले तिनलाई आर्थिक सहायता पनि प्रदान गरे। राजगञ्ज खण्ड अन्तर्गत पानीकोरी ग्राम पञ्चायतको चन्दरबाड़ी गाँउका नौजेन रायकी छोरी प्रियङ्का रायले गत १ अक्टोबरदेखि १० अक्टोबरसम्म ईटलीमा सम्पन्न वर्ल्ड चिल्ड्रेन क्याडेट एन्ड जुनियर किक् बक्सिङ च्याम्पियनशिपमा भारतको तर्फबाट प्रतिनिधित्व गरेकी थिइन्। यस प्रतियोगितामा प्रियङ्काले तेस्रो स्थान प्राप्त गरेर काँस्य पदक हत्याएकी थिइन्। तिनको सफलता पछि परिवार साथै स्थानीय मानिसहरू धेरै खुश छन्।










