कालेबुङ क्षेत्रका प्रबुद्ध नागरिक र सङ्घ-संस्थाहरूसँग सांसद राजु विस्टको विशेष भलाकुसारी, समाजलाई जागरूक बन्न आह्वान

FB_IMG_1781429023264

कालेबुङ: दार्जिलिङ संसदीय क्षेत्रका सांसद राजु विस्टले आफ्नो जनसम्पर्क अभियानलाई निरन्तरता दिँदै कालेबुङमा क्षेत्रका विभिन्न सामाजिक-सांस्कृतिक, विविध व्यवसाय र पेसासँग सम्बन्धित सङ्घ-संस्थाहरूका प्रतिनिधिहरूसँग विशेष भेटघाट गरेका छन्। यस क्रममा उनले विभिन्न क्षेत्रमा विशेष योगदान पुऱ्याएका ख्यातिप्राप्त विशिष्ट व्यक्तित्वहरू र विद्वतजनहरूसँग भलाकुसारी गर्दै समसामयिक विषयहरूमाथि गम्भीर विचार-विमर्श गरे।
​भेटघाटका केही तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सांसद विस्टले एउटा विकसित समाज निर्माणका लागि समाजका हरेक वर्ग, प्रतिनिधि र सङ्घ-संस्थाहरूको सकारात्मक सहयोग एवं योगदान अनिवार्य रहने कुरामा जोड दिएका छन्।
​उनले अघि भनेका छन्, “निर्वाचित जन-प्रतिनिधिहरूलाई आफ्ना समस्या अनि सम्भावनाहरूप्रति सचेत गराउन र विकासका कार्यहरूका लागि घचघच्याइराख्न सचेत समाजको ठूलो भूमिका हुन्छ।”
​कालेबुङ क्षेत्रका जागरूक नागरिक समाज अनि सङ्घ-संस्थाहरूले भविष्यमा पनि आफ्नो यो महत्त्वपूर्ण भूमिका र जिम्मेवारीलाई यसरी नै निरन्तरता दिइरहनेछन् भन्ने कुरामा आफू पूर्ण रूपमा विश्वस्त रहेको सांसद विस्टले व्यक्त गरेका छन्।

About Author

Advertisement