कालचिनी थानाको पहलमा निःशुल्क कोचिङ सेन्टर चिल्ड्रेन पार्कमा हुने

66c9908a-5173-485a-b3de-100535b2d690

कालचिनी: अलिपुरद्वार जिल्ला पुलिसको तत्परतामा विभिन्न थाना क्षेत्रमा माध्यमिक, उच्चमाध्यामिक र कलेजका विद्यार्थीहरुको निम्ति रोजगारको निम्ति प्रतिस्पर्धात्मक परीक्षाहरुको तयारी गर्न निःशुल्क कोचिङ सेन्टरहरुको सञ्चालन भइरहेको क्रममा कालचिनी थाना क्षेत्रको निम्ति कालचिनी स्थित स्व. एलएम प्रधान अनि ईश्वरचन्द्र तिर्की मेमोरियल चिल्ड्रेन पार्कमा रहेको परित्यक्त घरमा कोचिङ सेन्टर गरीने कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्।

उक्त स्थानमा कोचिङ सेन्टर गर्नलाई आजदेखि उक्त पार्क र परित्यक्त घरको सरसफाई गरिएको बताउँदै यदि सेन्टर सबै तयारी भए आउँदो शनिबार र आइतबार गरी हप्तामा दुई दिन गर्दै कोचिङ शुरु गरिने कालचिनी थाना प्रभारी टीएन लामाले बताएका छन्। कोचिङ अनलाइन साथै अफलाइन दुवै प्रकारले हुने र यसको निम्ति वाईफाई जड़ान गर्ने व्यवस्थासितै एलईडी प्रोजेक्टर सबै व्यवस्था भइसकेको र सरसफाई सकिएपछि कोचिङ शुरु गरीने र एकपस्टमा ४०-५० जना विद्यार्थीहरुलाई कोचिङ गराइने एवं यसको निम्ति गाउँ ठाउँहरुमा प्रचारप्रसार चलाउने काम शुरु भएको पनि कालचिनी थाना प्रभारी टीएन लामाले बताएका छन्।

About Author

Advertisement