आशा कर्मीहरुद्वारा धरना प्रदर्शन

526b84e2-0f8d-40e0-81b3-254eef4635c2

कालचिनी: एआईयूटीयूसी अनुमोदित पश्चिम बङ्गाल आशाकर्मी यूनियनको आह्वानमा बुधबार राज्यव्यापी हड़तालको कर्मसूची पालन गर्ने क्रममा अलिपुरद्वार जिल्लाको कालचिनी स्थित उत्तर लोथाबारी ग्रामीण अस्पताल परिसरमा पनि कालचिनी खण्डको करिब १६१ जना आशाकर्मीहरुमध्ये सयौँको संख्यामा आशाकर्मीहरु जमा भएर धरना प्रदर्शन गरे। कालचिनी बीएमओएच समक्ष विभिन्न दाबीहरु समेटेर आन्दोलनरत आशाकर्मीहरुले उनीहरुको दाबी राखे भने कालचिनी बीएमओएच डा. सुभाषचन्द्र कर्मकारले उनीहरुको दाबीलाई सीएमओएचकहाँ पुऱ्याएको आश्वासन दिए।

यता हड़तालमा बसेका आशाकर्मीहरुले आशा स्वास्थ्य कर्मीहरुले खटेको जति सम्मान भत्ता नपाएको र उनीहरुलाई दिइने उत्साह भत्ता ८ भाग नगरेर प्रत्येक महीना दिइनु पर्ने र गत एक वर्षदेखिको उत्साह भत्ताको हिसाब दिइनु पर्ने अनि सम्मान भत्ता वृद्धि गरीनु पर्ने, आशा कर्मीहरुलाई सरकारी नियुक्ति प्रदान गरीनु पर्ने आदि दाबीहरु लिएर हड़तालमा बसेको बताएका छन्। स्वास्थ्य परिसेवाको क्षेत्रमा आशा कर्मीहरुको जुन खटाई छ त्यसअनुरुप वेतन नभएको र लामो समयदेखि आशा स्वास्थ्य कर्मीहरुले यही दाबी गर्दै आइरहेको तर पनि कुनै समाधान ननिकालिएको र यस्तै चलिरहे आशा कर्मीहरु वृहत आन्दोलनमा ओर्लिन बाध्य हुने आशा कर्मी प्रतिमा लामाले जनाएकी छिन्।

About Author

Advertisement