कालचिनी। कालचिनी स्थित एथलेटिक क्लबमा आज कालचिनी लाइफ वेलफेयर अर्गनाईजेशनको पक्षबाट स्वेच्छा रक्तदान शिविर सम्पन्न भएको जानकारी सो संस्थाको प्रमुख विश्वजीत उर्फ टोटोन ब्यानर्जीले दिएका छन।
आज उक्त रक्तदान शिविरमा प्रमुख अतिथिको रुपमा समाजसेवी पासाङ लामा रहेको थियो भने सो शिविरमा आएर तिनले सबै रक्तदाताहरुलाई प्रोत्साहन प्रदान गर्दै सामाजिक कामहरु रोकिन नहुने किनभने समाज आज सामाजिक कामले गर्दा नै बाँचेको बताएका थिए।
रक्तदान शिविरको आयोजक विश्वजीत ब्यानर्जीलाई समाजसेवी पासाङ लामाले हामी सबै आ-आफ्नो राजनैतिक खेमाहरुमा विभाजित भएता पनि समाज र मानव जातिको लागि काम गर्नु पछि हटनु नहुने बताउँदै कालचिनी लाइफ वेलफेयर अर्गनाईजेशनले यस भन्दा अघिदेखि नै नशा र ड्रग्स विरुद्ध सचेतना गर्दै आईरहेको र आज स्वेच्छा रक्तदान शिविर आयोजना गरेकोमा धेरै धेरै धन्यवाद ज्ञापन पनि गरेको थियो।
आज सम्पन्न स्वेच्छा रक्तदान शिविरमा ४० यूनिट रक्त सङ्ग्रह गरेर अलिपुरद्वार ब्लड ब्याङ्कमा जमा गरिएको विश्वजीत उर्फ टोटोन ब्यानर्जीले जनाएका छन।











