नयाँ दिल्ली: इरानको दक्षिणी शहर शिराजमा स्केटबोर्डिङ डे-मा इवेन्टपछि खुशीमा केही किशोरीहरूले हिजाब उतारेर खुशियाली मनाए। यो कुरा इरानका कट्टरपन्थीहरूलाई नपचेपछि ती किशोरीहरू बाहेक इवेन्टका आयोजकहरूलाई पक्राउ गरियो। शिराजमा स्केडबोर्डिङ डे- मा विशेष आयोजन गरिएको थियो। यस आयोजनमा भारी संख्यामा किशोरीहरू एवं युवतीहरूले पनि हिस्सा लिएका थिए। आय़ोजनपछि खुशी मनाउनु शुरू हुँदा श्रेष्ठ प्रदर्शनको उल्लासमा केही किशोरीहरू र युवतीहरूले आफ्नो हिजाब उतारे। यसको भीडियो पनि भाइरल भयो। यसपछि इरानको पुलिसले यी किशोरीहरूलाई पक्राउ गऱ्यो। शिराज पुलिस प्रमुख फराज शोजाई अनुसार, धेरै केटीहरूले स्पोर्ट इवेन्टको अन्तमा धार्मिक मान्यता र कानुनी नियमहरूलाई तोड्दै हिजाब उतारे। यी किशोरीहरूको साथ पुलिसले पाँच आयोजकलाई पनि पक्राउ गरेको छ। रूढ़ीवादी देश इरानमा सबै महिलाहरू र किशोर केटीहरूको निम्ति हिजाब लगाउनु अनिवार्य हो।
शोजाईले भने, ‘धार्मिक र कानूनी नियमहरूको पालन नगरी कुनै स्पोर्ट्स वा नन-स्पोर्ट्स इवेन्टको आयोजन गर्नुमा सख्त मनाही छ र आयोजकहरूलाई कानून अनुसार सख्त सजाय दिइनेछ’। शिराजका गवर्नर लोटफुल्ला शेबानीले भने, ‘इवेन्टको आयोजन सामाजिक, धार्मिक र राष्ट्रिय नियमहरूलाई तोड्ने उद्देश्यले गरिएको थियो। शिराजमा १५ जुलाईमा जुमाको नमाजपछि ‘हिजाबको पवित्रताको समर्थक’ शीर्षकले एक मार्च निकालिनेछl’









