कार्यकारी सभासद कमल सुब्बाद्वारा खरसाङ क्षेत्रको भ्रमण

IMG-20240202-WA0225.jpg

खरसाङ: जीटीएको एआरडी विभाग (एनिमल रिसर्ज डेभलोपमेन्ट) को कार्यकारी सभासद कमल सुब्बाले आज खरसाङ क्षेत्रमा एआरडी विभाग अन्तर्गत रहेका विभिन्न स्थानहरूको भ्रमण गरेका छन्। उनले खरसाङस्थित विभागीय कार्यालय, गिध्द पहाड र सन्त मेरिजमा रहेको पशु पालन स्थानहरूको निरीक्षण गरेका छन्। यसावधि उनले विभागीय सुविधा, असुविधा र अवस्थाहरू विषयमा निरीक्षण गरेका छन्। कार्यकारी सभासद कमल सुब्बाले विभागमार्फत् गरिने विभिन्न परियोजनाहरू र यसको कार्यन्वयन साथै भावी दिनको योजनाहरू विषयमा पनि जानकारी गराएका थिए। विभागमार्फत् गरिने विभिन्न परियोजनाहरू कसरी अघि लान सकिन्छ भन्ने विषयमा पनि स्थिति बुझ्नलाई पनि यो भ्रमण गरिएको बताइएको छ। उनीसित क्षेत्रीय सभासद नुरी शेर्पा र सभासद अनोश थापा र मनोनित सभासद प्रणाम रसाईली, खरसाङ खण्डको पञ्चायत समिति सभापति अनु प्रधान लगायत भागोप्रमोको प्रतिनिधिहरू उपस्थित रहेका थिए। यस भ्रमण विषयमा कार्यकारी सभासद कमल सुब्बाले विस्तृत रूपमा बताएका छन्।

About Author

Advertisement