कलकत्तामा डर्बी म्याचको साथ १६ अगस्तमा शुरु हुनेछ डूरण्ड कप

IMG-20220721-WA0078.jpg

२१ जुलाईः एटीके मोहन बगान र ईष्ट बेंगलबीच १६ अगस्तमा यहाँ सल्ट लेक स्टेडियममा सत्रको पहिलो डर्बी म्याचको साथ १३१औं डूरण्ड कप फूटबल टुर्नामेण्टको शुरुवात हुनेछ। आयोजकहरूले यस प्रतिष्ठित टुर्नामेण्टको कार्यक्रम घोषित गरेका छन्। शहरमा तीनवटा स्थलहरूमा म्याचहरूका आयोजन हुनेछ, जसमा सल्ट लेक स्टेडियम र किशोर भारती क्रीड़ांगनको साथमा उत्तर २४ परगना जिल्लाको नैहाटी स्टेडियम सामेल छ। टुर्नामेण्टका म्याचहरू गुवाहटी र इम्फालको खुमान लम्पक स्टेडियममा पनि हुनेछ। सल्ट लेक स्टेडियममा १८ सेप्टेम्बरको दिन फाइनल म्याच खेलिनेछ। यस स्टेडियममा जम्मा १० वटा म्याच हुनेछ, जसमा सातवटा नक्आउट म्याच सामेल छ। गुवाहटी र इम्फालमा दुईवटा ग्रुपका म्याचहरू खेलिनेछ। यी दुवै स्थलमा १०-१० वटा म्याच खेलिनेछ। यसपाली अंशग्रहणकारी टीमहरूका संख्या १६ बाट बढ़ाएर २० गरिएको छ।

About Author

Advertisement