२१ जुलाईः टीम इण्डियाका स्टार ब्याटर विराट कोहलीले ब्याटको साथ लामो समयदेखि केही खास गर्न सकेका छैनन्। गत तीन सालदेखि उनको ब्याटबाट शतक निस्किन सकेको छैन। मैदानमा फ्लप शो-को क्रम जारी रहे पनि सोशल मीडियामा चाहिँ उनको धलिमलि कायम रहेको छ। ३३ वर्षीय कोहलीले इन्स्टाग्राममा आफ्नो हरेक पोस्टबाट ८ करोड़ रुपियाँ कमाई गर्छन्। सोशल मीडियाको यस प्ल्याटफर्ममा एउटा पोस्टबाट सर्वाधिक कमाई गर्ने उनी एशियाका नम्बर १ स्पोर्टस सेलिब्रिटी हुन्। उनीभन्दा अधिक पोर्तुगलका दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डो र अर्जेण्टिनाका लियोनल मेस्सीले मात्र कमाई गर्छन्। होप्परएचक्यूडटकम-ले हालै आफ्नो २०२२-को धनी व्यक्तिहरू (सोशल मीडियाबाट कमाईको मामिलामा)-का सूची जारी गरेको थियो, जसमा कोहली १४औं स्थानमा छन्। यस सूचीमा बलिवुड अभिनेत्री प्रियंका चोपड़ा २७औं स्थानमा रहेकी छन्।
सोशल प्ल्याटफर्मको यस रिच लिस्टमा कोहली १४औं स्थानमा छन्। उनी शीर्ष १५-मा सामेल एकमात्र भारतीय हुन्। हरेक पोस्टको निम्ति ३ करोड़ रुपियाँ कमाउने प्रियंका २७औं स्थानमा छिन्। सबैभन्दा धेर कमाई गर्ने स्पोर्ट्स सेलिब्रिटी क्रिस्टियानो रोनाल्डो हुन्। उनले हरेक पेड पोस्टबाट १९ करोड़ रुपियाँ कमाउँछन्। यसरी नै दोस्रो स्थानमा रहने मेस्सीलाई हरेक पेड पोस्टबाट १४ करोड़ रुपियाँ प्राप्त हुन्छ। इन्स्टाग्राममा कोहलीका २० करोड़ फलोअर्स रहेका छन्। यति धेर फलोअर्स भएका उनी विश्वका एकमात्र क्रिकेटर हुन्। यस प्ल्याटफर्ममा सर्वाधिक फलोअर्स-को मामिलामा पोर्तुगलका क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा रहेका छन्। उनको ४४२ मिलियन (४०.४० करोड़) फलोअर्स रहेका छन्। रोनाल्डोपछि उनका चीरप्रतिद्वन्द्वी मेस्सी रहेका छन्। यस अर्जेण्टिनाई फूटबलरका ३२७ मिलियन (३२ करोड़) फलोअर्स रहेका छन्। इन्स्टाग्राम एउटा सोशल मीडिया ऐप हो। इन्स्टाग्राम ६ अक्टोबर २०१०-मा लञ्च गरिएको थियो। यसलाई केविन सिस्ट्रोम र माइक क्रिगरले बनाएका थिए। साल २०१२-मा यसलाई फेसबुकले किनेको थियो। इन्स्टाग्राममा लगभग ५५० जना मानिसले काम गर्छन्। यो विश्वको १३औं सबैभन्दा लोकप्रिय वेबसाइट हो। यसमा विश्वभरिबाट हरेक सेकेण्डमा लगभग ९९५ वटा फोटो अपलोड गरिन्छ।
यसबीच कोहली गत तीन सालदेखि खराब फर्मसँग जुझिरहेका छन्। उनलाई ईंग्ल्याण्डका पीचहरूमा पनि संघर्ष गरिरहेको देखियो। ईंग्ल्याण्ड यात्रामा कोहलीले एउटा टेस्ट, दुईवटा टी२० र त्यति नै वनडे म्याचको जम्मा ६ वटा ईनिंग्समा केवल ७६ रन बनाउन सके। यस साल भएको आईपीएलमा पनि उनको ब्याट शान्त रह्यो। उनले १६ वटा ईनिंग्समा केवल २९४ रन बनाउन सके। उनले गत तीन सालदेखि शतक बनाउन सकेका छैनन्।








