गान्तोक। रूम्तेकस्थित कर्मा श्री नालन्दा इन्स्टिच्युट अफ् बुद्धिस्ट हायर स्टडिजमा आयोजित पाँचौं दीक्षान्त समारोहमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सहभागिता जनाए। समारोहमा मुख्यमन्त्रीसँगै घोसिर ग्यात्सब रिम्पोछेको विशेष उपस्थिति रहेको थियो।
मुख्यमन्त्री तामाङले २०१६-देखि २०२१ ब्याचका आचार्य/शास्त्री स्नातकको प्रमाण-पत्र प्रदान गरे। ८० विद्यार्थीले आज स्नातकको प्रमाण-पत्र ग्रहण गरे।
कार्यक्रमको शुरुआतमा मुख्यमन्त्रीलाई गुम्बाका लामाहरूले स्वागत जनाएभने मुख्यमन्त्री तामाङले त्यहाँ पूजा अर्चना गरे।

दीक्षान्त समारोहमा टुल्कु डोपेन दिच्छेन रिम्पोछे, राज्यका धर्म विभागका मन्त्री सोनाम लामा, शिक्षा मन्त्री कुङ्गा निमा लेप्चा, मन्त्री एमएन शेर्पा, पूर्व मन्त्री ओटी लेप्चा, रूम्तेक मार्तमका विधायक सोनाम भेञ्चोङपा, सम्पूर्ण नन्द विश्वविद्यालयका प्रोफेसर हरिप्रसाद अधिकारी, संगठनका निदेशक कैसाङ निमा रिम्पोछे, प्रोफेसरहरू, खेन्पोहरू, भीक्षुहरू, शिक्षकहरू साथै विद्यार्थीहरूको उपस्थिति रहेको थियो।










