रंगेली: सुनवर्षी नगरपालिका-४ चैतामा वर्ष की ३५ रेखा देवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ।
घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर पछि उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएको हो।
घाइते अवस्थाबाट उद्दार गरि उनलाई रंगेली अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ।









