गोरुबथान: डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा एसटी ब्रदर्सले सजिलैसँग सेमिफाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा शनिवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा एसटी ब्रदर्सले जुद्धबीर हाई स्कूललाई ५-१-ले पराजित गऱ्यो। म्याच हारे पनि जुद्धबीर हाई स्कूलका अभिषेक राईलाई प्लेयर अव् द म्याच चयन गरियो। म्याचमा उमेश शर्मा मुख्य रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवेश गुरुङ र अशोक रोय रहेका थिए। बिमल प्रधान फोर्थ अफिसियल थिए। आइतवार खेलिने चौथो क्वार्टर फाइनल म्याचमा मटेली स्पोर्ट्स एसोसिएशन र मिञ्ज एकाडमीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ।

यसरी फाइनल १६ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो भनी आयोजक डायमण्ड क्लबका सचिव प्रतीथ परियारले बताएका छन्।










