एसकेएम को १४औँ स्थापना दिवसको अवसरमा सिक्किम विधानसभा उप-सभामुखद्वारा हार्दिक शुभकामना व्यक्त

FB_IMG_1770204160337

गान्ताेक: सिक्किम विधानसभा उप सभामुख राजकुमारी थापाले सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको १४औँ स्थापना दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गरिन्।
उपसभामुख श्रीमती थापाले यो महत्वपूर्ण दिनले आशा र साहसको आन्दोलनका रूपमा सुरु भएको यात्रालाई सम्झाएको र यसले आज जनताको इच्छामा आधारित सरकारको रूपमा गौरवका साथ उभिएको बताइन्।
यस अवसरमा श्रीमती थापाले एसकेएम पार्टीका पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेम सिंह तामाङलाई हार्दिक शुभेच्छा अर्पण गरिन साथै मुख्यमन्त्रीको निर्णायक नेतृत्व र जनमुखी दृष्टिकोणले सिक्किमलाई सद्भाव, प्रगति र समावेशी विकासतर्फ निरन्तर मार्गदर्शन गरिरहेको जानकारी दिइन्।
उपसभामुख श्रीमती राजकुमारी थापाले एसकेएम पार्टीका समर्पित कार्यकर्ताहरूलाई सच्चा श्रद्धाञ्जली अर्पण गर्दै, उनिहरुको निःस्वार्थ सेवा, दृढता र समर्पणले यस ऐतिहासिक परिवर्तनको जग बसालेको र उनिहरूको अथक प्रयासले परिवर्तनको भावनालाई सुदृढ बनाउँदै, एसकेएमलाई सुन्ने, सेवा गर्ने र परिणाम दिने सरकारका रूपमा रूपान्तरण गरेको कुरा संजालमा व्यक्त गरिन्।
यसैगरी अन्तमा सिक्किम विधान सभा उपसभामुख श्रीमती राजकुमारी थापाले यस ऐतिहासिक उपलब्धिलाई मनाउँदै गर्दा, सिक्किमको निरन्तर विकास र समृद्धिका लागि एकता, अनुशासन र इमानदारीका साथ काम गर्ने सामूहिक प्रतिबद्धतालाई पुनः दृढ गर्न अपिल गरिन्।

About Author

Advertisement