एसआईएसटीकाे वार्षिक उत्सव, युवालाई नशामुक्त रहन आग्रह

FB_IMG_1777478709993

नाम्ची: सिक्किम विज्ञान एवं प्रौद्योगिकी संस्थान(एसआईएसटी)मा दुई दिवसीय वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको पहिलो दिन सिम्फेडका अध्यक्ष तेन्जिङ डी. भोटिया मुख्य अतिथिको रूपमा उपस्थित थिए भने शिक्षा विभागका विशेष सचिव विभुति प्रधान र एसबीटीईकी रेजिस्ट्रार रीता ढकाल विशिष्ट अतिथिको रूपमा सहभागी थिए।
​विद्यार्थीहरूले विभिन्न रङ्गारङ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको उक्त उत्सवमा ब्याण्ड प्रतियोगिता मुख्य आकर्षण बनेको थियो। प्रतियोगितामा सोरेङ बीएड कलेजको ‘टीएनटी’ ब्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको उपाधि हात पारेको छ।
​समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि भोटियाले ‘नशामुक्त भारत अभियान’ को महत्त्वमाथि विशेष जोड दिएका थिए। उनले विद्यार्थीहरूलाई लागुऔषधको दुर्व्यसनीले व्यक्तिगत जीवन, परिवार र समग्र समाजलाई नै तहसनहस पार्ने भन्दै सचेत रहन आग्रह गरे। युवाहरूले आफ्नो ऊर्जालाई शिक्षा, खेलकुद र नयाँ अन्वेषण जस्ता रचनात्मक कार्यमा लगाउनुपर्ने बताउँदै उनले जिम्मेवारीपूर्ण निर्णय लिन सबैलाई आह्वान समेत गरे।

About Author

Advertisement