एशियाई खेलहरूको निम्ति भारतीय हकी टोलीको घोषणा

IMG-20260730-WA0054

नयाँ दिल्ली: हकी इण्डियाले १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म जापानको आइची-नागोयामा हुने २०औं एशियाई खेलहरूको निम्ति २० सदस्यीय भारतीय पुरुष हकी टोलीको घोषणा गऱ्यो। स्टार डिफेण्डर तथ ड्र्याग फ्लिकर हरमनप्रीत सिंहले कप्तानी सम्हाल्नेछन् जबकि अनुभवी मीडफिल्डर मनप्रीत सिंह टोलीका सबैभन्दा वरिष्ठ खेलाड़ीहरूमा सामेल हुनेछन्। टोलीमा अनुभवी र युवा खेलाड़ीहरूबीच असल सन्तुलन देखिएको छ। गोलकीपिंगको जिम्मेवारी मोहित एचएस र सूरज करकेराले सम्हाल्नेछन्। यसरी रक्षापंक्तिमा जरमनप्रीत सिंह, अमित रोहिदास, जुगराज सिंह, सञ्जय, सुमित र यशदीप सिवाचलाई स्थान प्राप्त भएको छ। मीडफिल्डमा राजिन्दर सिंह, राज कुमार पाल, हार्दिक सिंह, मनप्रीत सिंह, नीलाकान्ता शर्मा र विवेक सागर प्रसाद रहनेछन्। फरवर्ड लाइनमा चयनकर्ताहरूले दिलप्रीत सिंह, शिलानन्द लाकड़ा, सुखजीत सिंह, मनदीप सिंह र अभिषेकमाथि भरोसा देखाएका छन्। एशियाई खेलहरूमा भारत पूल ए-मा आयोजक जापान, दक्षिण कोरिया, बंग्लादेश, श्रीलंका र इण्डोनेशियासँग रहेको छ। सबै म्याचहरू जापानको काकामिगहारा स्थित गिफू प्रीफेक्चुरल ग्रीन स्टेडियममा खेलिनेछ। एशियाई खेलहरूमा स्वर्ण पदक जित्ने टोलीलाई सीधै २०२८ लस एञ्जिलिस ओलम्पिकको टिकट हासिल हुनेछ। भारतको पहिलो म्याच २० सेप्टेम्बरमा इण्डोनेशियाविरुद्ध रहेको छ। त्यसपछि २२ सेप्टेम्बरमा श्रीलंका, २४ सेप्टेम्बरमा दक्षिण कोरिया, २६ सेप्टेम्बरमा जापान र २८ सेप्टेम्बरमा बंग्लादेशविरुद्ध म्याच रहेको छ।

About Author

Advertisement