एमजी मार्गमा “सिक्किम मिल्क” को विशेष बिक्री केन्द्र उद्घाटन, दुग्ध क्षेत्रमा आत्मनिर्भर बन्ने लक्ष्य: पुरन कुमार गुरुङ‎‎

Screenshot_20260507_202917_Facebook

गान्तोक: एमजी मार्गमा “सिक्किम मिल्क” को विशेष बिक्री केन्द्र उद्घाटन कार्यक्रममा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै सिक्किम सरकारका कृषि तथा बागवानी विभाग, पशुपालन तथा पशु चिकित्सा सेवा विभाग एवं मत्स्य विभागका मन्त्री पुरन कुमार गुरुङले सिक्किम सहकारी दुग्ध उत्पादक सङ्घ लिमिटेडलाई बधाई दिएका छन्।‎ उनले मुख्यमन्त्री पीएस तमाङको निर्देशन तथा परिकल्पनाअनुसार एमजी मार्गमा “सिक्किम मिल्क” को विशेष बिक्री केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको र अहिले त्यो वास्तविकतामा परिणत भएको बताएका छन्।‎ मन्त्री गुरुङले राज्य सरकारले दुग्ध किसानहरूलाई निरन्तर सहयोग प्रदान गरिरहेको उल्लेख गर्दै प्रतिलिटर आठ रुपियाँ न्यूनतम समर्थन मूल्य प्रोत्साहन योजना लागू गरिएको जानकारी दिए। उनका अनुसार हालसम्म ग्रामीण किसानहरूलाई करिब अठसट्ठी करोड रुपियाँ वितरण गरिसकिएको छ।‎ उनले सिक्किममा दुग्ध क्षेत्रको माग तथा सम्भावना निरन्तर बढिरहेको बताउँदै राज्यलाई दूध तथा दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने र बाहिरी राज्यबाट हुने आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।‎ मन्त्रीले गान्तोकका होटल तथा भोजनालयहरूलाई “सिक्किम मिल्क” का उत्पादनहरू प्रयोग गर्न आग्रह गर्दै यसबाट स्थानीय दुग्ध किसानहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताएका छन्।

About Author

Advertisement