एभरेडी र जेप्टोको सहकार्य

8286c99b-36c9-4ffe-a2a9-258dd2afa0e8

भारतमा पहिलो पटक ‘क्विक-कमर्स’ मार्फत घरदैलोमै ब्याट्री सङ्कलन र रिसाइकल सेवा सुरु

​नयाँ दिल्ली: भारतको प्रमुख ब्याट्री तथा फ्ल्यासबत्ती ब्राण्ड ‘एभरेडी इन्डस्ट्रिज इन्डिया लिमिटेड’ र क्विक-कमर्स प्लेटफर्म ‘जेप्टो’ बिच एक महत्त्वपूर्ण सहकार्य भएको छ। दुवै कम्पनीले संयुक्त रूपमा भारतको पहिलो घरदैलो ब्याट्री सङ्कलन तथा रिसाइकल (पुनःप्रशोधन) अभियान सुरु गरेका छन्।
​यस अभियानअन्तर्गत सर्वसाधारणले आफ्ना पुराना वा प्रयोग भइसकेका ब्याट्रीहरूलाई घरमै डेलिभरीका लागि आउने जेप्टोका राइडरमार्फत सहजै फिर्ता पठाउन सक्नेछन्। ‘ब्याट्रीज फर बेटर’ नाम दिइएको यस पहलको मुख्य उद्देश्य फोहोरको जिम्मेवार व्यवस्थापन र चक्रीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्नु रहेको छ।
​कसरी हुन्छ सङ्कलन?
​जेप्टो एपमार्फत सामान अर्डर गर्दा ग्राहकले चेकआउट सेसनमा ‘रिटर्न ब्याट्री’ को विकल्प छनोट गर्नुपर्नेछ। सामान डेलिभरी गर्न पुगेका जेप्टो डेलिभरी पार्टनरलाई पुराना ब्याट्री बुझाउन सकिनेछ। यसरी सङ्कलित ब्याट्रीहरूलाई एभरेडीले वातावरणीय नियम र विस्तारित उत्पादक उत्तरदायित्व (ईपीआर) को मापदण्ड पालना गर्दै आधिकारिक च्यानलमार्फत रिसाइकल गर्नेछ।
​यो सेवा प्रारम्भिक चरणमा दिल्ली र बेन्गलुरुमा सुरु गरिनेछ भने पछि भारतका अन्य शहरहरूमा पनि विस्तार गर्ने योजना छ। वातावरण संरक्षणमा योगदान पुर्‍याउने प्रयोगकर्ताहरूलाई प्रोत्साहन स्वरूप एक प्रमाणपत्र र जेप्टोबाट एभरेडी ब्याट्री खरिद गर्दा विशेष छुट/सुविधा समेत प्रदान गरिनेछ।
​सुविधाजनक disposal ले बानीमा परिवर्तन ल्याउने अपेक्षा
​एभरेडी इन्डस्ट्रिजका मुख्य कार्यकारी अधिकृत (सीईओ) अनिर्बान ब्यानर्जीका अनुसार, दैनिक डेलिभरीलाई वातावरणीय जिम्मेवारीसँग जोड्न पाउनु निकै उत्साहजनक छ। यसले ब्याट्रीको सही व्यवस्थापन र पुनःप्रशोधनमा उपभोक्ता सचेतना बढाउने उनको भनाइ छ।
​त्यस्तै, जेप्टोका मुख्य व्यापार अधिकृत (सीबीओ) देवेन्द्र मीलले मानिसहरूमा इच्छा भए पनि सहज माध्यम नहुँदा पुराना ब्याट्रीहरू घरमै थन्किने गरेको बताए। यो सहकार्यले मानिसहरूको दैनिक अर्डर प्रक्रियालाई नै ब्याट्री फिर्ता गर्ने अवसरमा बदलेको र यसले लाखौँ ब्याट्रीलाई सामान्य फोहोरमा मिसिनबाट जोगाउने विश्वास उनले व्यक्त गरे।

About Author

Advertisement