एबीएसद्वारा २०० करोडको लगानी योजना र भावी रोडम्याप सार्वजनिक

Image 1

कोलकाता: अनिल बालाजी स्टिल(एबीएस)ले आफ्नो स्थापनाको ५ दशक (५० वर्ष) पूरा गरेको अवसरमा भविष्यको भावी रोडम्याप सार्वजनिक गर्दै व्यापार विस्तारका लागि २०० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ।
​कम्पनीले घरेलु बजारमा उपस्थिति बलियो बनाउँदै सन् २०३० सम्ममा वार्षिक ५०० करोड रुपैयाँभन्दा बढीको कारोबार (टर्नओभर) हासिल गर्ने लक्ष्य राखेको छ। यसैक्रममा अनिल बालाजी स्टिलले प्रसिद्ध अभिनेता अबिर च्याटर्जीलाई आफ्नो ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ।
​कोलकातामा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका संस्थापक तथा अध्यक्ष अनिलकुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरेन्द्र अग्रवाल, मुख्य वित्तीय अधिकृत विवेक अग्रवाल, उत्पादन प्रमुख बलवन्त राय अग्रवाल, बजारीकरण तथा डाटा विश्लेषण प्रमुख कोमल अग्रवाल र ब्राण्ड एम्बेसेडर अभिनेता अबिर च्याटर्जीले नयाँ वेबसाइट तथा नयाँ व्यावसायिक भर्टिकल ‘फ्याब्रिका’ को लोगो सार्वजनिक गरे।
​कारखाना विस्तार र बजार रणनीति
​सन् १९७५ मा स्थापित यस कम्पनीको हालको वार्षिक कारोबार १२५ करोड रुपैयाँभन्दा बढी छ। हावडाको जङ्गलपुरमा १,००,००० वर्गफुट क्षेत्रफलमा फैलिएको कारखानाबाट वार्षिक २५,००० मेट्रिक टन उत्पादन गर्दै आएको कम्पनीको सञ्जालमा हाल ४२७ भन्दा बढी डिलर र १६,५०० भन्दा बढी फ्याब्रिकेटरहरू आबद्ध छन्।
​घोषित २०० करोड रुपैयाँ लगानीमध्ये:
​१०० करोड रुपैयाँ: पश्चिम बङ्गालमा उत्पादन क्षमता विस्तार र जङ्गलपुर कारखानामा थप २,००,००० वर्गफुट ठाउँ थप्न प्रयोग गरिनेछ।
​१०० करोड रुपैयाँ: अन्य राज्यहरूमा बजार विस्तारका लागि छुट्याइएको छ।
​कम्पनीका संस्थापक तथा अध्यक्ष अनिलकुमार अग्रवालका अनुसार सन् २०३० सम्ममा ओडिशा र उत्तर प्रदेशमा उपस्थिति जनाउन कारखाना अधिग्रहणको अन्तिम तयारी भइरहेको छ। यस विस्तारसँगै प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्दै जनशक्ति १७५ बाट ५०० पुर्‍याउने र फ्याब्रिकेटर सञ्जाललाई ५०,००० सम्म पुर्‍याउने लक्ष्य राखिएको छ।
​आईपीओ निष्कासन र ‘फ्याब्रिका’ ब्रान्ड
​कम्पनीका सीईओ विरेन्द्र अग्रवालले आगामी ३ वर्षभित्र एसएमई आईपीओ मार्फत पूँजी सङ्कलन गर्ने योजना रहेको बताए।
​यसैबीच, कम्पनीले आधुनिक संरचनाका लागि उपयोगी वस्तुहरू निर्माण गर्न ‘फ्याब्रिका’ नामबाट नयाँ पहल सुरु गरेको छ। यसअन्तर्गत स्वचालित ढोका, प्रि-इन्जिनियरिङ भवन, ग्रिल, रेलिङ, पर्गोला र आर्किटेक्चरल फसाड डिजाइनहरू उत्पादन हुनेछन्। ग्राहक, आर्किटेक्ट र फ्याब्रिकेटरहरूलाई प्रत्यक्ष अनुभव प्रदान गर्न १५,००० वर्गफुटको ‘फ्याब्रिका एक्सपिरियन्स सेन्टर’ समेत निर्माण गरिनेछ।

About Author

Advertisement