एफआईएच विश्व कपमा भारतीय महिला हकी टोलीको अभियान समाप्त

9c5577a7-1b1c-4c04-8e6a-1addac3418f2

एम्स्टलवीन: एफआइएच महिला विश्व कपमा भारतीय महिला हकी टोलीको यात्रा समाप्त भयो। भारतले दोस्रो राउण्डको आफ्नो अन्तिम म्याचमा अष्ट्रेलियाविरुद्ध गोलरहित (०-०) ड्र-मा चित्त बुझाउनु पऱ्यो। यस नतीजाको साथ अष्ट्रेलियाले अधिक गोल गरेको आधआरमा सेमिफाइनलमा स्थान बनायो। यसरी भारतीय टोली चाहिँ सेमिफाइनलको दौड़बाट बाहिर भयो। भारतको निम्ति यो म्याच गर या मर (डू अर डाइ) थियो। सेमिफाइनलमा पुग्न भारतलाई जसरी भए पनि जीतको आवश्यकता थियो जबकि अष्ट्रेलियाको निम्ति ड्र नै पर्याप्त थियो। आइतवार दिनको पहिलो म्याचमा नीदरल्याण्ड्सविरुद्ध १-४-ले हारको साथ चीनको अभियान समाप्त भएको थियो। त्यसपछि भारत र अष्ट्रेलियाबीच म्याच सेमिफाइनलमा स्थान बनाउने अन्तिम स्थानको निम्ति बनेको थियो। म्याचमा अष्ट्रेलियाले शुुरुदेखि नै भारतीय टोलीमाथि दबाउ सृष्टि गऱ्यो। अष्ट्रेलियाले पहिलो क्वार्टरमा नजिकको प्रयासबाट गोल पनि हासिल गरेको थियो, जसलाई पछिबाट रद्द गरियो। पहिलो हाफको खेल समाप्त हुन अघि भारतसँग बढ़त हासिल गर्ने मौका थियो तर टोलीले पेनल्टी कर्नरबाट गोल गर्न सकेन। दोस्रो हाफको खेलमा भारतले गोलको खोजमा लगातार आक्रमण गऱ्यो तर अष्ट्रेलियाको मजबूत रक्षापंक्ति समक्ष भारतीय खेला़डीहरूको कुनै शीप चलेन। अन्तमा म्याच ड्र रहनको साथै भारतको बिदावारी सुनिश्चित भयो। यस ड्र पछि अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनायो भने भारतको सेमिफाइनलमा पुग्ने सपना भताभुंगै भयो। भारतीय महिला टोलीले टुर्नामेण्टको शुरुवात अजेय रहेर गरेको थियो। पूल डी-मा भारतले दक्षिण अफ्रिकालाई ६-१-ले पराजित गरेको थियो। यसबाहेक चीन र ईंग्ल्याण्डविरुद्ध म्याच ड्र रहेको थियो। दोस्रो चरणमा गत च्याम्पियन नीदरल्याण्ड्सविरुद्ध ०-२-को हारपछि भारतलाई अष्ट्रेलियाविरुद्ध जीतको आवश्यकता थियो, जसलाई टोलीले हासिल गर्न सकेन।

About Author

Advertisement