पैह्रो सफा गरिएपछि खोलियो रोड
खरसाङ: राष्ट्रिय राजमार्ग ११० अन्तर्गत महानदी नजिक चुउरी भीरमा आज बिहान पैह्रो गएर राष्ट्रिय राजमार्ग ११० केही समय बन्द रहेपछि पुनः खोलिएको छ। प्राप्त जानकारी अनुसार राष्ट्रिय राजमार्ग ११० अन्तर्गत महानदीको ६३ लाइनदेखि केही मुनि बिहान लगभग 8 बजीको समयमा पैह्रो गएपछि राष्ट्रिय राजमार्ग ११० लगभग एक डेढ घण्टाको लागि बन्द भए पनि सबैको प्रयासमा पैह्रो सफा गरेर बन्द रोड खोलिएको छ। बिहान ८ बजीको समयमा गएको पैह्रो बिहान ९ देखि ९:३० बजीको समयमा पैह्रो सफा गरेर खोलिएको छ। उक्त पैह्रो गएपछि महानदी ग्राम पञ्चायतका उप प्रधान राजीव तामाङ, खरसाङ ट्राफिक पुलिस र तीनधारे पुलिस आउट पोष्टबाट पुलिस प्रशासन साथै स्थानीयहरु आएर जेसीबी लगाएर पैह्रो सफा गरेर रोड खुल्ला गर्न सक्षम बनेको जानकारी प्राप्त भएको छ।

अहिले राष्ट्रिय राजमार्ग ११० खुल्ला नै रहेको जानकारी महानदी ग्राम पञ्चायतका उप प्रधान राजीव तामाङले दिएका छन्। तर पनि पैह्रोको कारण यस क्षेत्रमा यातायातमा सावधानी अप्नाउन स्थानीय प्रशासनले अनुरोध गरेका छन्।





