सोनादा: राष्ट्रिय राजमार्ग ११० को ० देखि ७७ किलोमिटर सम्मका ठेकेदार समूहका सदस्यहरूले दार्जिलिङका लोकसभा सांसद राजु बिष्टसँग एक औपचारिक भेटघाट गरेका छन्। उक्त भेटघाट कार्यक्रममा जोइन्ट एक्सन कमिटी प्रमुख संयोजक शरण देवानद्वारा सांसद समक्ष आवेदन पत्र पेश गरेका थिए। एनएचआईडीसीएलमा स्थानीय ठेकेदारहरूले धेरै समस्या भोग्नु परेकोले राष्ट्रिय राजमार्ग ११० का लगभग ७७ किलोमिटरसम्मको मार्गलाई एनएचआईडीसीएलबाट हटाएर पुनः राष्ट्रिय राजमार्गमा नै फिर्ता गरिदिन माग राखिएको छ। उक्त विषयलाई सांसद राजु विष्टले गम्भीरतापूर्वक लिएको बताइएको छ। सांसदले विभागीय अधिकारीहरूसँग विचार-विमर्श गरी चाँडै नै राष्ट्रिय राजमार्गमा हस्तान्तरण गरिदिने वचन दिएका छन्।
७७ किलोमिटरका स्थानीय ठेकेदारहरूले सांसदमाथि ठूलो आशा राखेका छन् भने चाँडै समस्याको समाधान हुने कुरा संयोजक शरण देवानले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।





