एचएस प्रणय पहिलोपल्ट विश्व ऱ्यांकिंगको शीर्ष ६-मा सामेल

IMG-20230830-WA0233.jpg

३० अगस्तः वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक जित्ने एचएस प्रणयले वर्ल्ड ब्याडमिण्टन फेडरेशन (बीडब्ल्यूएफ)-द्वारा जारी नवीनतम ऱ्यांकिंगमा करियरको सर्वश्रेष्ठ छैटौं स्थान हासिल गरेका छन्। केरलका ३१ वर्षीय खेलाड़ीले वर्ल्ड च्याम्पियनशीपमा सेमिफाइनलसम्मको अभियानमा विश्वका नम्बर एक खेलाड़ी तथा ओलम्पिक च्याम्पियन भिक्टर एक्सेलसेनलाई पराजित गरी टुर्नामेण्टमा आफ्नो पहिलो पदक पक्का गरेका थिए। प्रणयले ७२४३७ पोइण्ट्सको साथ पुरुष एकल ऱ्यांकिंगमा ३ स्थानको सुधार गरेका छन्। उनी गत वर्ष दिसम्बरपछि ऱ्यांकिंगमा शीर्ष १०-मा आफ्नो स्थान कायम राख्ने एकमात्र भारतीय हुन्। यस अवधि प्रणयले मलेशिया मास्टर्स (सुपर ५००)-को खिताब जित्नको साथै अष्ट्रेलियाई ओपनमा उपविजेता रहे।
पुरुष एकलमा युवा लक्ष्य सेन एक स्थानको नोक्सानसहित १२औं जबकि वर्ल्ड च्याम्पियनशीपमा पहिलो राउण्डमै बाहिर हुने किदाम्बी श्रीकान्त पहिला झैं २०औं स्थानमा छन्। महिला एकलमा पूर्व वर्ल्ड च्याम्पियन पीभी सिन्धु वर्ल्ड च्याम्पियनशीपको शुरुवाती चरणमै बाहिर भए पनि एक स्थान बढ़ेर १४औं स्थानमा पुगेकी छन्। सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको पुरुष युगल जोड़ीले ऱ्यांकिंगमा दोस्रो स्थान कायम राखेको छ। यस जोड़ीलाई वर्ल्ड च्याम्पियनशीपको क्वार्टर फाइनलमा किम एस्ट्रूप र एण्डर्स रासमुसेनको जोड़ीले पराजित गरेको थियो। त्रिशा जली र गायत्री गोपीचन्दकी महिला युगल जोड़ी पनि २ स्थान अघि बढ़ेर १७औं स्थानमा पुगेको छ।

About Author

Advertisement