यूएस ओपनः जोकोविच र सितसिपास विजयी

IMG-20230830-WA0235.jpg

३० अगस्तः सर्बियाका दिग्गज टेनिस खेलाड़ी नोवाक जोकोविचले यूएस ओपन टेनिस टुर्नामेण्ट २०२३-को शुरुवाती राउण्डमा फ्रान्सका एलेक्जेण्डर मूलरलाई पराजित गरी आफ्नो २४औं ग्राण्ड स्ल्याम खिताब जित्ने दिशामा पहिलो कदम बढ़ाए। विश्वका नम्बर दुई खेलाड़ी जोकोविचले म्याचमा शुरुवाती ६ गेम जितेर असाधारण शुरुवात गरे अनि अन्तमा विश्वका ८४औं नम्बरका खेलाड़ीलाई ६-०, ६-२, ६-३-ले पराजित गरे। म्याचपछि जोकोविचले भने, पहिलो सेटमा मैले बक्स बाहिर असल शुरुवात गरे। म कोर्टमा ओर्लिन उत्साहित थिएँ। दुई सालको प्रतीक्षापछि यहाँ आएर खेल्नु अनि पहिलो म्याच जित्नु असाधारण रह्यो। अर्थर ऐश कोर्टमा तपाईंहरू समक्ष खेल्नु मेरो निम्ति सम्मान र खुशीको कुरा हो। उल्लेखनीय छ, कोरोना टीकाकरण नगराएको हुनाले जोकोविचले गत वर्ष यूएस ओपनमा हिस्सा लिन सकेका थिएनन्। दोस्रो राउण्डमा जोकोविचको भिड़न्त स्पेनका बर्नाबे जपाटा मिरालेससँग हुनेछ, जसले पहिलो राउण्डमा एथन क्विनलाई सीधा सेटमा ६-४, ६-४, ६-३-ले पराजित गरे। दिनको अन्य म्याचहरूमा ग्रीसका स्टेफानो सितसिपासले कनाडाका मिलोस राओनिकलाई ६-२, ६-३, ६-४-ले पराजित गरे। यसरी अमेरिकाका टमी पलले स्टेफानो त्रावाग्लियालाई ६-२, ६-३, ४-६, ६-१-ले पराजित गरे।

About Author

Advertisement