बंग्लादेशका विकेटकीपर लिटन दास एशिया कपबाट बाहिर

IMG-20230830-WA0225.jpg

३० अगस्तः बंग्लादेश क्रिकेट टीमका विकेटकीपर ब्याटर लिटन दास बिमारीले गर्दा बुधवार एशिया कपबाट बाहिर भए। यसले श्रीलंका विरुद्ध पहिलो म्याच अघि बंग्लादेशलाई ठूलो झट्का लाग्यो। दासलाई भाइरल ज्वरोले सताएको छ अनि निको नभएको हुनाले उनी टीमसँग श्रीलंका जान सकेनन्। एशिया कपमा बंग्लादेशको पहिलो म्याच सह-आयोजक श्रीलंकासँग रहेको छ। बंग्लादेश क्रिकेट बोर्डले लिटनको स्थानमा ३० वर्षीय विकेटकीपर ब्याटर अनामुल हक बिजोयलाई टीममा सामेल गरेको छ, जो बुधवार टीममा सामेल भएका छन्। बोर्डको राष्ट्रिय चयन समितिका अध्यक्ष मिन्हानुल अबेदिनले भने, अमानुलले घरेलु क्रिकेटमा प्रशस्तै रन बनाएका छन् अऩि हामीले बंग्लादेश टाइगर्स कार्यक्रममा उनको प्रदर्शन देखेका छौं। लिटन उपलब्ध नरहँदा हामीले उनलाई मौका दियौं।

About Author

Advertisement