एक असक्त महिलासँग दुष्कर्म, आरोपित पक्राउ

SATATE

गान्तोक: नाम्ची जिल्लाको जोरथाङ थाना क्षेत्रमा एउटी भिन्नै रूपले सक्षम महिलासँग दुष्कर्म गरिएको घटना प्रकाशमा आएको छ। यस घटनाको सन्दर्भमा पुलिसले आरोपित व्यक्तिलाई पक्राउ गरेको छ ।पुलिस रिपोर्ट अनुसार, घटना हिजो बुधवार घटेको हो। पीड़ितकी आफन्तले सोही गाउँकै एक ४९ वर्षीय व्यक्तिमाथि दुष्कर्मको आरोप लगाएका छन्। शिकायतको आधारमा पुलिसले सो व्यक्तिलाई पक्राउ गरेको छ। आरोपित विरूद्ध आईपीसीको धारा ३७६ (२) (१)/ ४५० अन्तर्गत मामिला दर्ता गरेर जाँच शुरू गरेको छ।

About Author

Advertisement