एकजना लोक सेवक घूस लिँदै गरेका पक्राउ

IMG-20230324-WA0001.jpg

गोलाघाट: गोलाघाट जिल्लान्तर्गत बोकाखात पीएचई डिवीजन कार्यालयका कार्यकारी अभियन्ता लेखाकार पुलिन सैकियालाई ३५ हजार रूपियाँको घूस लिँदै गरेको रेड ह्याण्डेड पक्राउ गरिएको छ। पुलिस मुख्यालबाट प्राप्त जानकारी अनुसार, जल जीवन मिशनको सम्बन्धमा एक व्यक्तिको बिल जारी गरेको नाममा त्यसबाट घूसको माग गरिएको थियो। शिकायतकर्ताको शिकायतमा बुधवार अबेर साझँ सतर्कता एवं भ्रष्टाचार निरोधक निदेशालयको एक टीमद्वारा नगाउँ जिल्लाको सामागुरीमा उक्त लोक सेवाको आवास नजिक एक योजना बनाइयो। शिकायतकर्तालाई रूपियाँको साथ कार्यकारी अभियन्ता लेखाकार पुलिन सैकिया कहाँ पठाइयो। यसपछि सैकियालाई रूपियाँ लिएको तुरन्तै राति ९.४५ बजी रेड ह्याण्डेड पक्राउ गरियो।
शिकायतकर्ताबाट मागिएको घुसको हिस्साको रूपमा अभियन्ताबाट ३५ हजार रूपियाँ उद्धार गरियो। यसपछि आरोपितको घरको तलाशी लिंदा अतिरिक्त ६ लाख ५ हजार ७०० रूपियाँ उदधार गरियो पुलिसले कानूनी कारवाही गरिरहेछ।

About Author

Advertisement