उत्तर बङ्गालमा अत्याधिक चिसो, हल्का वर्षाले जाडोमा तीव्रता

IMG-20240117-WA0153.jpg

जलपाईगढी: उत्तर बंगालमा जाडो बढीरहेको छ। यसबेला मानिसहरुलाई घरबाहिर निस्कनसम्म गाह्रो परिरहेको छ। चिसोबाट राहत पाउन मानिसहरु विभिन्न ठाउँमा आगोको सहारा लिइरहेका छन्। उत्तर बंगाल सहित पूरा जलपाईगढी जिल्ला नै कुहिरोको चपेटामा छ। चिसो हावा चलिरहेको छ। जलपाईगुडीको न्यूनतम तापक्रम विगत केही दिनदेखि ९ देखि १२ डिग्रीको आसपास रहेको छ। बिहानैदेखि घाम देखिएको छैन।

यसैबीच बुधबार बिहानैदेखि कुहिरोका कारण हल्का वर्षा पनि भएको छ। बुधबार जलपाईगुडीको न्यूनतम तापक्रम १२.३ डिग्री छ। जबकि मंगलबार अधिकतम तापक्रम: १४.६ डिग्री थियो।

About Author

Advertisement