उत्तराखण्डको गौरीकुण्ड पैह्रो: राहत अनि बचाउ कार्यमा जुटेका टीमहरूको खोजी अभियान तीव्र

nat-2

गुप्तकाशीः उत्तराखण्डको केदारनाथ यात्रा मार्गमा पर्ने मुख्य भाग गौरीकुण्ड डाट पुलिया नजिक गएको पैह्रोको चपेटमा परी बेपत्ता भएका मानिसहरूको पत्तो लगाउनको लागि शनिवार दोस्रो दिन पनि एसडीआरएफका टीमहरूले तीव्र गतिमा आफ्नो खोजी अनि बचाउ अभियान संचालन गरिरहेका छन्।

गत बिहीवार गएको पैह्रोको चपेटमा परी बेपत्ता भएका मानिसहरूको खोजी गर्ने क्रममा शुक्रवार एसडीआरएफको टीमले तीनवटा शव उद्धार गरेको थियो जसको पहिचान गर्ने प्रयास गरिँदैछ। आज बिहानदेखि फेरि टीमले अन्य बचाउ एकाईहरूसित मिलेर खोजी अभियान शुरू गरेको छ। क्षेत्रमा भइरहेको अविरल वर्षा अनि पहाड़बाट झरेका बोल्डरहरूको कारणले खोजी अभियान पटक-पटक बाधित भइरहेको छ। तथापि सम्बन्धित विभागले युद्धस्तरमा कार्य गरिरहेको छ।

स्मरण गराइन्छ, गत बिहीवार आधा रातमा मुख्य मार्ग गौरीकुण्ड डाट पुलिया नजिक पैह्रो गएर २० जना मानिसहरू बेपत्ता भएका थिए। खोजी अभियानमा तीनवटा शव फेला परेको छ भने अन्य रहल १७ जना अहिले पनि बेपत्ता भएका छन्। यस घटनामा बेपत्ता १४ जना नेपाली मूलका हुन् भने दुईजना उत्तर प्रदेश र चारजना स्थानीय निवासी हुन्।

-हिस

About Author

Advertisement