उडान योजना मार्फत फेब्रुअरी १५ देखि कुचबिहार एयरपोर्टबाट सेवा हुने

IMG-20230203-WA0074.jpg

कुचबिहार: लामो प्रतिक्षापछि कुचबिहार एयरपोर्टबाट उडान सेवा सुरु हुन लागेको छ। उडान योजना मार्फत फागुन १५ गतेबाट यो उडान सेवा सुरु हुन लागेको हो। गृह राज्यमन्त्री निशिथ प्रामानिकले आज कुचबिहार एयरपोर्टको निरीक्षण गरेपछि यस्तो घोषणा गरेका हुन्।

यस रुटमा कुचबिहारदेखि कोलकाता, कोलकातादेखि जमशेदपुर, जमशेदपुरदेखि भुवनेश्वरसम्म उडानहरू सञ्चालन हुनेछन्। हवाई सेवा हप्ताको सातै दिन सञ्चालन हुनेछ।

About Author

Advertisement