उच्च माध्यमिक परीक्षामा उत्तीर्ण तीनजना मेधावी विद्यार्थीहरुलाई तीनधारेमा सम्बर्ध्दना

IMG-20260525-WA0086

तीनधारे: तीनधारेको गैरी गाउँस्थित गोदावरी सङ्घ भवनमा पदमबहादुर राईको सभापतित्वमा एक सभाको आयोजना गरियो। यस सभामा माध्यमिक र उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुने मेधावी विद्यार्थीहरूलाई सम्बर्ध्दना कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रममा उच्च माध्यमिक परीक्षामा ८० प्रतिशत अङ्क लिएर प्रथम स्थानमा उत्तीर्ण हुने मेधावी विद्यार्थी रोहित ब्राह्मण, ८२℅ अङ्क लिएर प्रतिक प्रधान साथै गरिमा ब्राह्मणले ८२% अङ्क लिएर उच्च माध्यमिक परीक्षामा प्रथम स्थान ओगट्न सफल भएको शुभोपलक्ष्यमा तीनै मेधावी विद्यार्थीहरुलाई सम्बर्ध्दना जनाइएको छ। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा भूतपूर्व प्रधान अध्यापक प्रकाश रामुदामुको बाहुलीबाट माल्यार्पण साथै पारितोषिक वितरण गरियो। यस कार्यक्रममा गोदावरी सङ्घका समस्त कार्यकारी सदस्यहरूको उपस्थिति थियो। अन्त्यमा प्रमुख अतिथिले विद्यार्थीहरूलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभ आशिष दिएका थिए। यस कार्यक्रमको सञ्चालन सहसचिव जसुदा गुरुङले गरेका थिए भनी सचिव नारायण ब्राह्मणले जानकारी गराएका छन्।

About Author

Advertisement