ईंग्लिश प्रीमियर लीगः शीर्ष स्थानमा कायम आर्सनलको एकतर्फी जीत

IMG-20260503-WA0070

लण्डन: ईंग्लिश प्रीमियर लीग (ईपीएल) फूटबल प्रतियोगितामा च्याम्पियन बन्ने रेसमा कायम आर्सनलले एकतर्फी जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा आर्सनलले फूलह्यामविरुद्ध ३-०-ले एकतर्फी जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले म्याचको सबै गोल पहिलो हाफको खेलमा हासिल गऱ्यो। टीमको निम्ति भिक्टर ग्योकेरेसले नवौं मिनटमा पहिलो गोल गरे। आर्सनलले रहल २ वटा गोल मध्यान्तरको ठीक अघि हासिल गऱ्यो। बुकायो साकाले ४०औं र ग्योकेरेसले स्टपेज टाइमको चौथो मिनटमा लगातार गोल गरे। आर्सनलले दोस्रो हाफको खेलमा पनि एकाधिक मौका बनाएको थियो तर टीमले थप गोल चाहिँ हासिल गर्न सकेन। यस जीतको साथ आर्सनल ३५ वटा म्याचमा ७६ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। आर्सनलसँग अहिले दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीभन्दा ६ पोइण्ट्स अधिक रहेको छ तर सिटीले २ वटा म्याच कम्ती खेलेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा न्यूक्यासलले ब्राइटनलाई ३-१-ले, ब्रेण्टफोर्डले वेष्ट ह्यामलाई ३-०-ले अनि लीड्सले बर्नलीलाई ३-१-ले पराजित गऱ्यो। यसरी वूल्भ्स र सण्डरल्याण्डबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो।

About Author

Advertisement