लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा आर्सनल च्याम्पियन बन्ने नजिक पुगेको छ। आइतवार राति खेलिएको म्याचमा आर्सनलले वेष्ट ह्यामविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। प्रीमियर लीगमा यो आर्सनलको लगातार तेस्रो जीत हो अनि टीम अहिले च्याम्पियन बन्ने नजिक रहेको छ। यूएफा च्याम्पियन्स लीगको फाइनलमा स्थान बनाइसकेको आर्सनलले वेष्ट ह्यामविरुद्ध जीतको निम्ति चाहिँ निक्कै मेहनत गर्नु पऱ्यो। यस अवे म्याचमा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट एकमात्र गोल स्टार स्ट्राईकर लिएण्ड्रो ट्रोसार्डले ८३औं मिनटमा गरे। यस जीतको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्षमा कायम आर्सनलको ३६ वटा म्याचमा ७९ पोइण्ट्स पुग्यो। अहिले आर्सनलसँग दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीभन्दा ५ पोइण्ट्स अधिक रहेको छ। सिटीले एउटा म्याच कम्ती खेलेको छ। यसरी न्यूक्यासल र सण्डरल्याण्डबीच खेलिएको म्याच १-१-ले अनि एस्टन भिल्ला र बर्नलीबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। एस्टन भिल्ला ३६ वटा म्याचमा ५९ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेको छ। एभर्टनलाई पनि क्रिस्टल प्यालेसले २-२-को ड्र-मा रोक्यो।











